खै के के भनौँ प्यारी...
तिम्रा सबै सपना पूरा होऊन्, तिम्रो मन सधैँ खुसी रहोस्, अनि तिम्रो आँखामा चमक र ओठमा मुस्कान कहिल्यै नहराओस्।
तिमी जस्ती छौ, त्यस्तै नै रहनू — किनकि तिमी हुनु नै मेरो लागि सबैभन्दा सुन्दर उपहार हो।
मनका सबै कुरा तिमीलाई भन्न सकेँ भने कति राम्रो हुन्थ्यो होला। तर सायद मसी नै सकिएला, शब्द न सकिएलान्। धेरै कुराहरूमध्ये आज मनलाई सबैभन्दा प्यारो र मनको नजिक लाग्ने केही कुरा भन्छु है त, मेरो प्यारो मान्छे।
कसरी भनौँ तिमी मेरो लागि कति अनमोल छौ भनेर? तिमी नहुँदा आफ्नै धुनमा, आफ्नै दुनियाँमा रमाउने म, तिमी आएदेखि मेरो संसार नै फेरिएको छ। मान्छे, संसार, जीवन—सबै कुरा हेर्ने मेरो नजरिया नै फेरिएको छ।
तिमी मेरो जीवनमा नआएको भए सायद मैले अहिले अलग महसुस गर्न थालेका यी सबै कुरा कहिल्यै महसुस गर्न पाउने थिइनँ होला। त्यसैले धन्यवाद। धेरै धेरै धेरै धन्यवाद, मेरो मायालु। मेरो जीवनमा आएर मेरो जीवन जिउने नजरिया नै फेरिदिएकोमा।
धेरै धेरै धन्यवाद तिमीले मलाई यो सिकाएकोमा कि कुनै मान्छे यदि साँच्चिकै प्यारो भयो भने उसको लागि आफ्नो सबै कुरा sumpidiyenxa vanne kura sikako ma। पुरुष र महिला एक्ला-एक्लै जीवन जिउनुभन्दा दुई जना मिलेर, एकअर्काको साथ बनेर जीवन जिउँदा कति सजिलो र सहज हुँदो रहेछ भन्ने कुरा सिकाएकोमा।
थाहा छैन मलाई, म सधैँ तिम्रो जीवनमा तिमीसँगै रहन सक्छु कि सक्दिनँ। तर यति वाचा आज गर्छु तिमीलाई—जुन-जुन बेला तिमीलाई मेरो साथ र सहयोगको आवश्यकता पर्छ, त्यही-त्यही बेला सधैँ म तिम्रो अगाडि उभिएको हुनेछु।
थाहा छैन तिम्रो परिवारले मलाई मन पराउनुहुन्छ कि हुँदैन, हाम्रो सम्बन्धलाई स्वीकार गर्नुहुन्छ कि हुँदैन। तर म प्रयास अवश्य गर्नेछु। तिम्रो लागि लड्नेछु, हाम्रो लागि लड्नेछु। सकेसम्म, आफ्नो तर्फबाट कुनै कमी राख्नेछैनँ।
तर त्यो बेला मलाई तिम्रो साथको आवश्यकता हुनेछ। तिम्रो साथ भयो भने, अवश्य नै तिमीलाई सधैँका लागि आफ्नो बनाउन म सफल हुनेछु भन्ने विश्वास छ।
एउटा साँचो कुरा भनूँ, मायालु?
तिमी एकदमै प्यारी छौ, एकदमै। तिमी एकदमै सोझी छौ। तिम्रो मन एकदमै सफा छ। छल-कपट, ईर्ष्या केही पनि छैन तिमीमा। सायद यही कारणले पनि तिमी मेरो घमण्ड हौ।
हो, कहिलेकाहीँ म तिमीलाई माया गर्दिनँ, वास्ता गर्दिनँ जस्तो लाग्न सक्छ। माया नदेखाएजस्तो लाग्न सक्छ। तर मायालु, म पुरुष मान्छे हुँ। केटी मान्छेले देखाउने जस्तो माया देखाउन मलाई सधैँ आउँदैन होला। तर मेरो ज्यान, तिम्रो लागि सात जन्म त के, सात हजार जन्म लिन पनि तयार छु। हरेक जन्ममा तिमीलाई नै माया गर्न तयार छु।
हे भगवान्, मलाई सद्बुद्धि दिनु। आजभन्दा अझ राम्रो बन्न सकूँ। आजभन्दा अझ धेरै, अझ राम्रोसँग मेरी मायालुलाई माया गर्न सकूँ। हाम्रो यो पाँच वर्षको सम्बन्ध जीवनको अन्तिम साससम्म, मृत्युसम्म पनि सँगै रहिरहोस्।
आजको दिन तिम्रो लागि मात्र होइन, मेरो लागि पनि संसारकै विशेष दिन हो। आजको दिन नभएको भए, सायद मैले तिमीलाई पाउने नै थिइनँ होला। त्यसैले भगवान्लाई पनि धेरै धेरै धन्यवाद—तिमीलाई मेरो जीवनमा भेटाइदिनुभएकोमा।
हे भगवान्, हाम्रो यो सम्बन्ध सधैँ यस्तै रहिरहोस्। कहिल्यै नटुटोस् हाम्रो यो सम्बन्ध। हामीलाई सधैँ एकअर्काको साथ र माया दिइरहन सक्ने आशीर्वाद दिनु।
मलाई यति शक्ति र अवसर दिनु कि म तिमीलाई धेरैभन्दा धेरै माया र खुसी दिन सकूँ। तिम्रो परिवारसँग तिमीलाई मागेर, सबैको आशीर्वाद लिएर, तिमीलाई आफ्नो घरसम्म ल्याउन सफल हुन सकूँ।
भगवान्, यही आशीर्वाद दिनु—हाम्रो साथ जीवनभर रहोस्। सुखमा, दुःखमा, हाँसोमा, आँसुमा, हरेक परिस्थितिमा हामी एकअर्काको साथ बनेर बाँच्न सकौँ।
प्रिय, म माछा हुँ भने तिमी मेरो पानी,
म साँझ हुँ भने तिमी मेरो बिहानी,
म जून हुँ भने तिमी मेरो चन्द्रमा,
म तिर्खा हुँ भने तिमी मेरो पानी।
म फूल हुँ भने तिमी मेरो सुगन्ध,
म कमिला हुँ भने तिमी मेरो चिनी,
म बादल हुँ भने तिमी मेरो वर्षा,
म मरुभूमि हुँ भने तिमी मेरो ओएसिस।
म बाटो हुँ भने तिमी मेरो गन्तव्य,
म यात्रा हुँ भने तिमी मेरो साथ,
म गीत हुँ भने तिमी मेरो धुन,
म शब्द हुँ भने तिमी मेरो अर्थ।
म रात हुँ भने तिमी मेरो तारा,
म आकाश हुँ भने तिमी मेरो जून,
म धड्कन हुँ भने तिमी मेरो मुटु,
म सपना हुँ भने तिमी मेरो सुन्दर कल्पना।
म हराएको मान्छे हुँ भने तिमी मेरो बाटो,
म थाकेको मन हुँ भने तिमी मेरो आराम,
म अधुरो कथा हुँ भने तिमी मेरो अन्त्य,
र म जे हुँ, जस्तो हुँ—तिमी नै मेरो सबैभन्दा प्यारो कारण हौ। ❤️
जसरी जल बिना माछा बाँच्न सक्दैन,
जसरी पानी बिना तिर्खा मेटिन सक्दैन,
जसरी गन्तव्य बिना कुनै यात्रा पूर्ण हुँदैन,
जसरी धुन बिना कुनै गीत अधुरो हुन्छ,
जसरी सुगन्ध बिना फूलको सौन्दर्य अधुरो हुन्छ,
त्यसरी नै तिमी बिना म पनि अधुरो छु,
तिमी बिना मेरो अस्तित्व नै अधुरो छ।
तिमी केवल मेरो मायामात्र होइनौ,
तिमी त मेरो मुटुको हरेक धड्कन हौ। ❤️
भन्न त, मेरो ज्यान, तिमीलाई भन्नुपर्ने कति-कति, कति धेरै कुराहरू छन्। तर सायद अरू कुनै बेला भनौँला।
म तिमीलाई माया गर्छु भनेर भन्दै-भन्दै कहिल्यै थाक्दिनँ। तर सायद तिमी पढ्दा-पढ्दै बिहान पो होला। त्यसैले अब मेरा शब्दहरूलाई यहीँ अन्त्य गर्छु।
मेरो ज्यान, मेरो मुटु, मेरो मायालु...
तिमी सधैँ मेरो रहिरहनू। ❤️
तिमीलाई मन बाट मन पराउने मान्छे ♡